AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • चौतर्फी विरोध भएपछि संसद्को कार्यकाल थप्ने निर्णयबाट पछि हट्यो सरकार

चौतर्फी विरोध भएपछि संसद्को कार्यकाल थप्ने निर्णयबाट पछि हट्यो सरकार

  • मङ्लबार, भदौ २१, २०७९
चौतर्फी विरोध भएपछि संसद्को कार्यकाल थप्ने निर्णयबाट पछि हट्यो सरकार

भदौ २१,काठमाडौं  ।

सरकार संसद्को कार्यकालसम्बन्धी विवादमा पछि हटेको छ ।

प्रतिनिधिसभामा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले हालेको संशोधन स्वीकार गर्दै आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको हो ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत् संसदीय चुनावपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नुपर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव स्वीकार गरेको हो ।

अब संसद्को कार्याकाल असोज १ गतेसम्म कायम हुनेछ।

 

 

 

Facebook Comments

सम्बन्धित समाचार