AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व
  • बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

  • शुक्रबार, भदौ २४, २०७९
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं – बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी उनकाे स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो ।

उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् । महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।

एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार