AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था आउँछ : प्रचण्ड

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था आउँछ : प्रचण्ड

  • शुक्रबार, भदौ २४, २०७९
नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था आउँछ : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

उनले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताए ।

उनले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनी दिए ।

उनले दुबै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने बताए ।  अध्यक्ष दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक प्रश्ताव लैजाँदा सोच्दै नसोचेर प्रमाणीकरण गरेको भन्दै अहिले किन नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने बताए । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनमा सहमति अनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँड हुने बताए । उनले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबी गरे ।

Facebook Comments

सम्बन्धित समाचार