AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अछाम पहिरो अपडेटः १२ जनाको मृत्यु, बेपत्ताको खोजी कार्य जारी

अछाम पहिरो अपडेटः १२ जनाको मृत्यु, बेपत्ताको खोजी कार्य जारी

  • शनिबार, अशोज १, २०७९
अछाम पहिरो अपडेटः १२ जनाको मृत्यु, बेपत्ताको खोजी कार्य जारी

मंगलसेन – अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । त्यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए ।

अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार