AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

  • शनिबार, अशोज ८, २०७९
डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । अहिले ७६ जिल्लाका २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार