AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

  • शुक्रबार, अशोज २८, २०७९
प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं – एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ ।

साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार