AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, नबुझाए बन्दसूचीबाट नाम हट्ने

समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, नबुझाए बन्दसूचीबाट नाम हट्ने

  • सोमवार, अशोज ३१, २०७९
समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, नबुझाए बन्दसूचीबाट नाम हट्ने

काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार