AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

  • बुधबार, कार्तिक २, २०७९
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ याम्फेवा खोला नजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार राति भएको दुर्घटनामा ट्याक्टर चालक मैवाखोला वडा नम्बर–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक का वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार