AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

  • मङ्लबार, कार्तिक १५, २०७९
किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

काठमाडौं – किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना युवक पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका– ८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका– १४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक–पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यता भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका– ३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार