AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने

प्रधानमन्त्री देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने

  • बुधबार, कार्तिक १६, २०७९
प्रधानमन्त्री देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने भएका छन्। निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको हो।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो।

आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो। सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतको भनाई छ।

डडेलधुरा प्रधानमन्त्री देउवाको निर्वाचन क्षेत्र हो। मंसिर ४ मा हुन लागेको निर्वाचनमा डेडेलधुराबाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका देउवा भोलिदेखि हुने चुनावी कार्यक्रममा सहभागी हुन डडेलधुरा जाने तयारी छ।

Facebook Comments

सम्बन्धित समाचार