AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

  • बिहिबार, कार्तिक १७, २०७९
बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

काठमाडौं – काठमाडौंको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार