AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणापत्र सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणापत्र सार्वजनिक

  • बिहिबार, कार्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीकाे घोषणापत्र सार्वजनिक

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। बिहीबार एक कार्यक्रमका बीच पार्टीका सभापति लामिछानेले सार्वजनिक गरेको घोषणापत्र सार्वजनिक गरेका हुन्।

स्वतन्त्र पार्टीले घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिएको छ। जसमा २३ वटा बाचाहरु समावेश गरिएको छ। पार्टीले स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामबारे उल्लेख गरेको छ।

घोषणापत्रमा निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन्। त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन्।

सम्बन्धित समाचार