AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

  • बुधबार, कार्तिक २३, २०७९
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने ती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बिहीबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार