AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ : निर्वाचन आयोग

बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ : निर्वाचन आयोग

  • बिहिबार, मंसिर १, २०७९
बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन् ।

निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी दिए । त्यस्तै दुई दिनभित्र निर्वाचन क्षेत्रमा मतदान केन्द्रहरु समेत निर्माण भइसक्ने आयुक्त थपलियाले जानकारी दिए ।

यस्तै प्रमुख आयुक्त थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको बताए । थपलियाले भने, ‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन । यो काम लोकतान्त्रिक मान्यता विपरीत पनि छ । कुनै पनि उम्मेदवारले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ ।’

बुथ कब्जाको प्रयास कहीँ कतै भएमा तुरून्तै स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा सूचना दिन आयोगले मतदातालाई पनि आग्रह गरेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार