AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक

१५७ क्षेत्रको मतपरिणाम सार्वजनिक

  • आइतवार, मंसिर ११, २०७९
१५७ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं – अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ सिट जितेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। ६ क्षेत्रको मतगणना जारी छ। जसमा कांग्रेस तीन क्षेत्रमा अगाडि छ । दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।

Facebook Comments

सम्बन्धित समाचार