AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी

प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी

  • आइतवार, मंसिर १८, २०७९
प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी

काठमाडौं-प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

प्रदेशसभा–(क) बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाही र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार