AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो

  • मङ्लबार, मंसिर २०, २०७९
लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो

बुटवल- लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका दाङमा सारिएको छ। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न आवाज उठिरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ सारिएको हो।

रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ पुर्याइएको हो। मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा दाङबाट मुख्यमन्त्री कार्यालय सञ्चालनमा ल्याउन पहल गरेका थिए। सोही अनुसार मुख्यमन्त्री तथा अन्य मन्त्रालयका सामानहरु सारिएको हो।

लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले गरेको थियो। स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो।

नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधान नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए। गृहमन्त्री बालकृष्ण खांणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी दिएका थिए। गृहमन्त्री खांणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए।

Facebook Comments

सम्बन्धित समाचार