AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बिहे भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’ भेटियो

बिहे भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’ भेटियो

  • शुक्रबार, मंसिर २३, २०७९
बिहे भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’ भेटियो

बुटवल-पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानीकारक कोलिफर्म भेटिएको छ ।

ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए । ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए ।

गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तुङ्गधाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार