AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशका उच्च पहाडी भागमा हिमपातकाे सम्भावना

देशका उच्च पहाडी भागमा हिमपातकाे सम्भावना

  • सोमवार, पुस ४, २०७९
देशका उच्च पहाडी भागमा हिमपातकाे सम्भावना

काठमाडौं-भारतकाे बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।

आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

सोमबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार