AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

  • बुधबार, पुस १३, २०७९
प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

काठमाडौं-मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निवास खुमलटार पुगेका हुन् ।

अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै छलफल भइरहेको छ । यसअघि बिहान प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

अध्यक्ष ओली दुई वर्षपछि दाहाल निवास पुग्नुभएको हो । पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार