AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

  • आइतवार, पुस २४, २०७९
प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर-नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा ६० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ । प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

Facebook Comments

सम्बन्धित समाचार