AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • फुटपाथ खाली गर्न महानगरले पुनः जारी गर्‍यो सूचना

फुटपाथ खाली गर्न महानगरले पुनः जारी गर्‍यो सूचना

  • मङ्लबार, पुस २६, २०७९
फुटपाथ खाली गर्न महानगरले पुनः जारी गर्‍यो सूचना

काठमाडौं-काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका स्थानहरुमा  सडक पेटी खाली गर्न पुनः सूचना जारी गरेको छ।

सडक पेटी फुटपाथको प्रावधान, निर्माण तथा प्रयोजन मानिसहरुलाई आवतजावत गर्ने प्रयोजनका लागिमात्रै भएको भन्दै उक्त स्थानहरु तत्काल खाली गर्न सूचनामा भनिएको छ।

‘सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य भएको पाइएको छ। यसरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा वाधा अवरोध पुगेको-पुर्याइएको हुँदा त्यस प्रकृतिका कार्य नगर्न-नगराउन संबद्ध पक्षलाई सचेत गराउने, त्यस्तो कार्य निषेधित भएको सूचना सम्प्रेषण गर्ने र त्यस्तो अनधिकृत कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारवाही गरिने छ,’ उक्त सूचनामा थप भनिएको छ, ‘यो सूचनाको उल्लंघन गरी जोसुकैले काठमाडौं महानगर क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौं महानगरपालिकाको विषयसम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ।’

kmc notice1673358505.jpg

Facebook Comments

सम्बन्धित समाचार