AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • पोखरामा जलेर दुई जना घाइते, आत्मदाह प्रयासको आशंका

पोखरामा जलेर दुई जना घाइते, आत्मदाह प्रयासको आशंका

  • आइतवार, माघ १५, २०७९
पोखरामा जलेर दुई जना घाइते, आत्मदाह प्रयासको आशंका

काठमाडौं – पोखरामा दुई जना जलेर घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा दुई जना जलेर घाइते भएका हुन् ।

उनीहरुले घरभित्रै आत्मदाहको प्रयास गरेको बुझिएको छ । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।

हाल उनीहरुको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार