AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

  • आइतवार, माघ २२, २०७९
नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं-नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित राणाको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

पार्किन्सन्स, मधुमेय, उच्च रक्तचापलगायत समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको उनका ज्वाई एवं कांग्रेस नेता सुनील थापाले जानकारी दिए ।

१४ वर्षको उमेरमा मेट्रिक पास गरेका राणा नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर थिए । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि २०१३ साल वैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म उनी गभर्नर थिए।

२०४० सालमा गोर्खा ब्रुअरी पनि स्थापना गर्नुभएका राणाले २०५० सालमा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक सुरू गरेका थिए ।

यस्तै, लघुवित्त क्षेत्रको अग्रणी कम्पनी निर्धन उत्थान बैंक र निर्जिवन वीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सको सुरूवात पनि राणाले नै गर्नुभएको थियो ।

उनका दुई छोरा र दुई छोरी छन् ।

Facebook Comments

सम्बन्धित समाचार