AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा

भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा

  • सोमवार, फाल्गुन १, २०७९
भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा

काठमाडौं-यातायात मजदुरहरुले मंगलबारदेखि  काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। यातायात मजदुरका तीनवटा संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्।

बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।

त्यसक्रममा प्रहरीसँग झडप हुँदा उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तको एउटा भ्यानमा आगोसमेत लगाएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेका हुन् ।

मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन्।

Facebook Comments

सम्बन्धित समाचार