AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

  • मङ्लबार, फाल्गुन २, २०७९
गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलगायतलाई बोलाएर गृहसचिव बिनोद सिंहले कारबाही गर्ने निर्देशन दिएका हुन् ।

ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

साथै प्रदर्शनकारीहरुको भिडले बसपार्कमा रहेको मोबाइल पसलमा छिरेर करोडौँ मूल्य बराबरको मोबाइल लुटपाटसमेत गरेको थियो ।

यस्तै, प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार