AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • केही स्थानमा वर्षा र हिमपातको सम्भावना

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बुधबार, फाल्गुन १०, २०७९
केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बुधबार बिहान प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार