AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

  • बिहिबार, फाल्गुन ११, २०७९
पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

काठमाडौं-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ ।

विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै विमानस्थलबाट अब रात्रीकालिन उडान तथा अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।

यसअघिसम्म भिज्योल फ्लाइट रुल्स (भीएफआर) प्रणालीमा विमानस्थल चल्दै आएको थियो ।

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू नहुँदा अन्तर्राष्ट्रिय उडानहरु गराउन समस्या रहेको थियो । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षित समेत रहने बताइएको छ ।

विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको तयारी समेत थालेका छन् । बुद्ध एयरले आगामी फागुन २५ देखि पोखरामा रात्रिकालीन उडानको तयारी गरेको छ । बुद्धका चारवटा विमान रात्रीकालिन उडानका लागि पोखरा विमानस्थलमा रहने भएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सीधा उडान गर्न केही विदेशी एअरलाइन्सहरुले पनि चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार