धनुषा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन्। बिहीबार धनुषास्थित कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले सो कुरा बताएका हुन्।
नेता सिंहले अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन्।
नेता सिंहले भने, ‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो।’
त्यस्तै, उनले राष्ट्रपति पदमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए।