AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

  • शुक्रबार, फाल्गुन १९, २०७९
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् ।

बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।

यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।

Facebook Comments

सम्बन्धित समाचार