AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • समाज
  • बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ

बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ

  • मङ्लबार, चैत्र २१, २०७९
बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ

रामेछाप-एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो ।

गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार