AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • समाज
  • गरिमा विकास बैंकको एटिएम सेवा भुरुङ तातोपानीमा सुचारु

गरिमा विकास बैंकको एटिएम सेवा भुरुङ तातोपानीमा सुचारु

  • शुक्रबार, बैशाख २२, २०८०
गरिमा विकास बैंकको एटिएम सेवा भुरुङ तातोपानीमा सुचारु

काठमाडौं-गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ  ।

एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार