AarthikBikash
सोमवार, भदौ २४, २०८१
  • होमपेज
  • समाज
  • १२ वर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ वर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

  • शनिबार, जेष्ठ २७, २०८०
१२ वर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

सोलुखम्बु-विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।

समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।

यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो ।

नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।

Facebook Comments

सम्बन्धित समाचार