AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बालेनको घोषणा

काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बालेनको घोषणा

  • बिहिबार, जेष्ठ ३२, २०८०
काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बालेनको घोषणा

काठमाडौं-भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म काठमाडौं महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको छ ।

मेयर बालेन शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेको छ । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको तर्क छ ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन्, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।”

Facebook Comments

सम्बन्धित समाचार