AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

  • शुक्रबार, असार १, २०८०
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार