AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र सपथ आजै

प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र सपथ आजै

  • शुक्रबार, असार १, २०८०
प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र सपथ आजै

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ। संसदीय सुनवाइ समितिले कार्कीको नाम अनुमोदन गरेसँगै उनको नियुक्ति र सपथ गर्न लागेको हो।

शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्।

सम्बन्धित समाचार