mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित

‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित

  • शनिबार, असार २, २०८०
‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो।

भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो। विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ।

इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित समाचार