AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भोलिदेखि काठमाडौंमा भारतीय फिल्म चल्न दिन्नौँ : बालेन

भोलिदेखि काठमाडौंमा भारतीय फिल्म चल्न दिन्नौँ : बालेन

  • आइतवार, असार ३, २०८०
भोलिदेखि काठमाडौंमा भारतीय फिल्म चल्न दिन्नौँ : बालेन

काठमाडौं-काठमाडौं महानगरपालिकाले भोलिदेखि पालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने भएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले विवादित संवाद नहटाएपछि मेयर बालेन्द्र शाहले पूर्वचेतावनीअनुसार फिल्म रोक्ने निर्णय गरेका हुन् ।

“भारतीय चलचित्र आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।” शाहले भर्खरै सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बालेनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार