AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • राजनीति
  • समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार अध्यक्षले गरे हस्ताक्षर

समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार अध्यक्षले गरे हस्ताक्षर

  • सोमवार, असार ४, २०८०
समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार अध्यक्षले गरे हस्ताक्षर

काठमाडौं-समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा हुटिङ गरेका थिए । उनीहरूले मोर्चा घोषणाको कार्यक्रमलाई ‘ऐतिहासिक घोषणा सभा’ भनेका छन्।

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गरेका हुन्।

मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।

सम्बन्धित समाचार