AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • चिर्पट प्रहार गरी श्रीमतीको हत्या

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

  • बुधबार, असार ६, २०८०
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

ताप्लेजुङ-ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मादकपदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार