AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

  • शनिबार, असार ९, २०८०
नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं-आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सलाई सामान्य लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको छ ।

ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।

सन्दिप लामिछानेले २७ रनको योगदान गरे ।

Facebook Comments

सम्बन्धित समाचार