काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका हुन् ।
आइतबार प्रतिनिधि सभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।
सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताउनुभयो । उहाँले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रीपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिरसमेत गरे। उनले उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।
सांसद पन्तले उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेकोकरको दुरुपयोग भएको बताउँदै बजेट विनियोजन औचित्यपूर्ण नरहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग गर्न थालेको बताए ।