AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सम्बन्धी सुनवाई हुदैँ

क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सम्बन्धी सुनवाई हुदैँ

  • सोमवार, असार ११, २०८०
क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सम्बन्धी सुनवाई हुदैँ

काठमाडौं-क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ ।

पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।

लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ ।

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।

Facebook Comments

सम्बन्धित समाचार