काठमाडौं-दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड र बाँकेस्थित कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
नेपाली उद्योगलाई समाप्त पार्न र विदेशी दूधलाई भित्र्याउने उद्देश्यले दूग्ध विकास बोर्ड खारेज गर्न खोजिएको भन्दै आपत्ति जनाएका सांसद बस्नेतले तत्काल सो निर्णय फिर्ता लिन माग गरेका हुन् ।
नेपाली किसानलाई गरिब बनाउने तथा राष्ट्रको हितविपरीत सरकारले बजेट वक्तव्यमार्फत् दुग्ध विकास बोर्ड र कपास विकास समितिलाई खारेज गर्ने निर्णय गरेकाले तत्काल फिर्ता लिन उनले माग गरे ।