AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

  • शुक्रबार, असार १५, २०८०
गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

काठमाडौं-नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रमा बमोजिम जफत गरिएको अदालतका प्रवक्ता दिपेन्द्र योगीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार