AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

  • आइतवार, असार १७, २०८०
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।

विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गरेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार दिउँसो ३ बजेका लागि तय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार