AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध

बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध

  • बुधबार, असार २०, २०८०
बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।

बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेको पनि सडक विभागले गरेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ ।

आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार