AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

  • बुधबार, असार २०, २०८०
एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।

उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे। नेता दाहालले प्रधानमन्त्री प्रचण्डले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहोर्‍याए।

Facebook Comments

सम्बन्धित समाचार