AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभामा एमालेको अवरोध

राष्ट्रिय सभामा एमालेको अवरोध

  • आइतवार, असार २४, २०८०
राष्ट्रिय सभामा एमालेको अवरोध

काठमाडौं- नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।  प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म सदन अवरोध जारी रहने एमालेले जनाएको छ । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक प्रसङ्गमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको हो ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार अवरोध खुलाउन आग्रह गरे पनि एमालेका राष्ट्रिय सभा सदस्यले नमानेपछि  असार २५ गते सम्मका लागि स्थगन भएको हो ।काठमाडौं । नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।

प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म सदन अवरोध जारी रहने एमालेले जनाएको छ । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक प्रसङ्गमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको हो ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार अवरोध खुलाउन आग्रह गरे पनि एमालेका राष्ट्रिय सभा सदस्यले नमानेपछि  असार २५ गते सम्मका लागि स्थगन भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार