AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आर्थीक खबर
  • सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच सम्झौता

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच सम्झौता

  • आइतवार, असार २४, २०८०
सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच सम्झौता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवल स्थित होटेल दा फ्लामीङगो प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार